Wednesday, November 18, 2015

HEALTH POST

-स्वास्थ्य खबरपत्रिका
यो खानु भन्दा                                यो खानु राम्रो
चामल, मकै                                           गहुँ
गहुँ                                                        जौं
दुध                                                        चिल्लो झिकेको दूध
चिल्लो झिकेको दूध                               दहि
फलफुलको जुस                                     सिङ्गै फलफूल
बोक्रा फालेको फलफूल                           बोक्रा नफालेको फलफूल
राइस                                                     ब्राउन राइस
खसि, राँगा                                            कुखुरा
कुखुरा                                                   माछा
सिङ्गै अण्डा                                         अण्डाको सेतो भाग
तारेको खाना                                         उमालेको खाना
नुन र चिल्लो हालेको सलाद                 सादा सलाद
बोक्रा फलेको तरकारी                          बोक्रा नफालेको तरकारी
बनस्पति घिउ                                     गाइ भैसीको घिउ
गाइ भैसीको घिउ                                तेल



क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी । प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध । फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।) आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।) - See more at: http://swasthyakhabar.com/2014/05/10142.html#sthash.YSLHuLih.dpuf



-स्वास्थ्य खबरपत्रिका
orangeतौल पनि घटाउन र स्वस्थ पनि रहन दैनिक शारीरिक व्यायाम नै पहिलो अस्त्र हो । तौल घटाउन क्यालोरी कम खाने र क्यालोरी धेरै खर्च गर्नुपर्छ । तौल घटाउन सन्तुलित आहार र व्यायामको तालमेल मिल्नुपर्छ । यसबाहेक सुन्तला पनि तपाईका लागि तौल घटाउने माध्यम बन्न सक्छ । तर सुन्तला तौल घटाउने बिकल्प भने होइन । एउटा सुन्तलामा ६० देखी ७० क्यालोरी शक्ति हुन्छ । सुन्तलामा पाइने घुलनशील फाइबरले तौल घटाउन मद्धत गर्छ । यसमा पाइने फाइबरले भोक पनि कम गर्छ । एजेन्सि
- See more at: http://swasthyakhabar.com/2015/01/20381.html#sthash.MNfVMBR0.dpuf


-स्वास्थ्य खबरपत्रिका
eggनियमित अण्डा खाने महिलालाई ४४ प्रतिशत स्तन क्यान्सरको संभावना कम हुन्छ । आँखाको लागि पनि अण्डा निकै राम्रो मानिन्छ । दैनिक एउटा अण्डा खानाले आँखामा कैरोटिनायड् हँुदैन । ल्यूटिन र जीजेथीन नामक तत्वले कैरोटिनायड्स निर्माण हुन्छ । यो तत्व अरूमा भन्दा अण्डामा बढी हुन्छ । दैनिक एउटा अण्डाले मोतियाबिन्दुको खतरा पनि कम हुन्छ । एउटा अण्डामा ६ ग्राम भन्दा बढी प्रोटिन र शरीरलाई आवश्यक ९ ग्राम अमिनो एसिड पाइन्छ । नियमित अण्डाको सेवनले हर्ट स्ट्रोक वा हर्ट अट्याकबाट पनि बचाउँछ । एउटा अण्डामा ३ सय माइक्रोग्राम केओलिन हुन्छ । केआलिनले दिमाग, मुटुको धमनी क्रियाविधिलाई सुचारु राख्न मद्दत गर्छ ।  अण्डाले कोलेस्ट्रोल पनि बढ्न दिँदैन । अण्डामा भिटामिन डि को मात्रा पनि बढी हुन्छ । अण्डा नङ्गको लागि पनि राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया

- See more at: http://swasthyakhabar.com/2014/12/18774.html#sthash.Cj7OW55z.dpuf


-स्वास्थ्य खबरपत्रिका
नेपालमा ठुलो मात्रामा पशुपंक्षीको काटमार हुन्छ । पशुअधिकारवादीहरुले यसरी पशु मारेर मासु खानुभन्दा शाकाहारी हुनु राम्रो हो भन्दै अभियान नै चलाएका छन् । तर, शाकाहारी हुनुका फाइदा पनि छन्, बेफाइदा पनि छन् ।

फाइदा

शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।
शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।
मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन ।
शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।
शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।
खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति चाहिन्छ ।  आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याउँछ ।  यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दा“त र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ ।  मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुल्ला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङगमा प्रशस्त प्रोटिन पाइन्छ ।  फर्सीको बिया“, लट्टेको गेडा, ओखर, ज्वानोआदिबाट पनि शरीर रÔा गर्ने प्रोटिन पाइन्छ ।  प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । प्रोटिनले घाउ छिटो निको गर्न मद्धत पु¥याउ“छ ।
शरीरलाई आवश्यकमात्रामा चाहिने प्रोटिनयुक्त खाना नखा“दा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटी ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । शरीर सुन्निने पनि हुन्छ ।  कहिलेका“ही छालामा दाग पनि देखिन्छ ।  भटमास, मह, सागसब्जी र दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन ।   गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ ।  जसले सरुवारोग र कमजोरीबाट बचाउ“छ ।  फर्सी, गा“जर, बकुल्ला र उमारेको गेडागुडीमा शरीरलाई आवश्यक पर्ने तत्व हुन्छन् ।  यस्तै, शारीरिक विकास, तेज आ“खा, स्वस्थ्य छाला, बलियो दा“त र हाड बनाइराख्न भिटामिन ए आवश्यक हुन्छ ।
अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्Èमा भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ ।  अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ । ६० हजारभन्दा बढी बेलायतीमा यसअघि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दा“जोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

बेफाइदा

शाकाहारी खानामा मानिसलाई आवश्यक पोषक तत्व परिपूर्ति गर्ने भएपनि माछा या मासुबाट प्राप्त हुने केही निश्चित तत्व पाउँन सकिदैंन । शाकाहारी खानामा प्रोटिन, क्याल्सियम, भिटामिन बि १२, आइरन, जिंक निकै कम मात्रामा पाइन्छन् । भिटामिन बि १२ सोया उत्पादन, संरक्षित अनाज तथा जनावरका उत्पादनमा पाइन्छ । सोयामिल्क, मिल्क र अन्य दुग्धजन्य पदार्थहरु भिटामिन डिका प्रमुख स्रोत हुन् । मासु, चिकेन, माछामा आइरन र जिङक प्रशस्त मात्रामा पाइन्छन् । दुध, चिज र दही क्याल्सियमका उत्कृष्ट स्रोत हुन् । यस्ता पोषक तत्व शाकाहारी खानामा पाइदैंनन् । मासु प्रोटिनको महत्वपूर्ण स्रोत हो, यसमा शरीरलाई अति आवश्यक एमिनो एसिड पाइन्छ । मासुमा पाइने फोस्फोरसलाई शरीरले सजिलैसंग पचाइदिन्छ । शाकाहारी खाद्यपदार्थ बडिबिल्डरलाई काम लाग्दैन । कार्बोहाइड्रेट र प्रोटिनविनाको खानाले रक्तअल्पता निम्त्याउँन सक्छ । पूर्णतया चिल्लोरहित खाद्य पदार्थ पनि स्वास्थ्यका लागि ठीक होइन, स्नायुप्रणाली र शरीरलाई ठीक ढंगले सञ्चालन गर्न पनि निश्चित मात्राको कोलेस्टेरोल र चिल्लो पदार्थ चाहिन्छ ।
शाकाहारीले यथेष्ट मात्रामा प्रोटिन पाउन दैनिक धेरै तरकारी खानुपर्छ । प्रोटिनको अभावमा घाउ निको हुन समय लाग्ने, थकान सिर्जना हुने जस्ता समस्या सिर्जना हुन्छ । आइरन, भिटामिन बी १२ को अभाव पूर्ति गर्न दैनिक मल्टीभिटामिन लिनुपर्ने हुन्छ । अर्को समस्या भनेको बारम्बार भोक लाग्ने हुन्छ । शरीरलाई चाहिने तत्व नपाउँदा यस्तो हुनु स्वभाविक हो । यस्तै, राम्ररी निद्रा नलाग्ने र दैनिक गतिविधिमा चासो नलिने जस्ता समस्या निम्तन्छन् ।
- See more at: http://swasthyakhabar.com/2015/01/21222.html#sthash.2jZ7algq.dpuf


खाना पचाउन, सास फेर्न, मांसपेशी चलाउन, सन्तानोत्पादन गर्न जीवित खाना

प्रकाशित मिति:२०७१ फागुन ७ गते १२:०२
 770  10 Google +1
-डा. अरुणा उप्रेती
arunaखाना पचाउन, सास फेर्न, मांसपेशी चलाउन, सन्तानोत्पादन गर्न एवं शरीरमा अरु कार्यहरू गर्नका लागि विभिन्न खालका इन्जाइम तत्वहरू चाहिन्छन् । यस्ता तत्वहरूको पूर्ति जीवित खाना अर्थात् काचो खानाले गर्दछ । ताजा फलफुल, नपकाइकन नै खाने खाना, तरकारी तथा टुसायुक्त खानेकुरा आदि जीवित खाना हुन् ।
टुसायुक्त खानाले शरीरमा देखिने बुढ्यौलीको प्रक्रिया ढीला गर्छ । संसारका सबै जीवित कुराको आयु हुन्छ । आयु सकिएपछि मृत्यु हुन्छ । जन्म, बाल्यावस्था, युवावस्था र वृद्धावस्था पार गरेपछि कुनैपनि व्यक्तिको अन्ततः मृत्यु हुन्छ । यी सबै चरण पार गर्दै जादा मानिसको शरीरमा कोष तथा तन्तुहरूमा र अगंहरूमा पनि परिवर्तन आइरहन्छन् । बच्चादेखि वयस्कसम्म यस्तो परिवर्तन देखिन्छ ।

प्रकृतिको आधारमा नै बूढो हुने प्रकृयालाई छाडिदिने हो भने शारीरिक क्षमता तथा आनुवंशिक चरित्रको आधारमा यो क्रम चल्दछ । तर मानिसले प्रयोग गर्ने भोजन, जीवनशैली  र मानसिक अवस्था आदिले पनि हाम्रो शरीरमा बुढ्यौली छिटो आउ“छ कि ढिलो आउ“छ भन्ने कुराको निर्णय गर्छ ।  शरीरमा कमजोरी, रोग, कुनै अंगले राम्रोस“ग काम नगर्ने, अत्याधिक मोटाएर आप्mनै शरीर भारी हुने जस्ता समस्याहरू देखा पर्ने कारणमध्ये धेरै बोसो भएका खाना, साथै व्यायाम नपुग्नु पनि हो । यस्तो अवाञ्छित कुराबाट दिक्क भएर मानिसले दैवलाई सराप्न समेत थाल्छ । यस्ता कुराहरूले गर्दा नै बुढिने प्रक्रियाको गति छिटो हुन जान्छ ।
प्राकृतिक कारणले वा जीवनशैलीका कारणले बुढो हुने जुन गति हुन्छ, त्यसलाई धीमा पार्ने मानिसको चाहना हुन्छ ताकि स्वस्थ, सुन्दर भएर लामो समयसम्म बा“च्न सकियोस् । बुढ्यौलीको रोक्नका लागि जीवनशैलीमा परिवर्तन गर्नु पर्छ साथै भोजनमा टुसायुक्त खाना एउटा राम्रो उपाय हो ।
टुसादार गेडागुडीले खानालाई पचाउन सजिलो हुने भएकोले पेटलाई कम भार पर्छ  । हाम्रो खानामा मुख्यतया दुई प्रकारका तत्वहरू हुन्छन्, १) कार्वोहाईड्रेट, २) प्रोटीन । तिनीहरूको पाचनक्रिया हाम्रो शरीरको पाचन अंगहरूमा निर्भर गर्दछ । हाम्रो शरीरलाई आवश्यक पर्ने शक्ति प्राप्त गर्नको लागि हाम्रो खाना पूर्ण रूपमा पच्नु पर्दछ । यस्तो कार्य पाचन प्रणालीले पाचन रसको सहायताबाट गर्दछ । टुसायुक्त खाना प्रयोग गर्दा कम पाचन रसले पनि भोजन राम्रोस“ग पच्छ ।

टुसादार गेडागुडी उम्रने अवस्थामा के हुन्छ ?

टुसा उम्रने क्रममा नै एउटा विशेष पाचन रस पैदा हुन्छ जसले कार्वोहाइड्रेटलाई पचाउन मद्दत गर्दछ । त्यसै गरी प्रोटिन पनि परिवर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ । त्यस कारणले गर्दा कार्वोहाइड्रेट र प्रोटिनको पाचन प्रक्रिया अगाडि नै भएको हुन्छ । खाना खाइ सकेपछि शरीरमा रहेको पाचन रसले सहजैस“ग यी तत्वलाई पचाउछ ।
यदि टुसा उमारेको छैन भने गेडागुडी जस्तै : मुग, गहु चना पचाउन गाह्रो हुन्छ तर  गेडागुडीहरूलाई टुसादार रुपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडीभन्दा पचाउन धेरै सजिलो हुन्छ ।

टुसादार गेडागुडीले पाचन रस दिन्छन्

कुनै समयमा खाना र खानामा हुने तत्वका बारेमा मानिसहरूलाई कम ज्ञान थियो । भोजनका तत्वहरूमा कार्वोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ हुन्छ भन्ने कुराको ज्ञान १९ औं शताब्दीमा भयो र १९३० मा भिटामिनबारे थाहा भयो । त्यसैगरी पछि खनिज पदार्थको बारेमा थाहा भयो । पाचन कार्यमा पानी र रेशादार पदार्थको भूमिका निकै पछि आएर मात्र बुझियो । त्यसमा पनि पाचन कार्यमा इन्जाइम अर्थात् पाचन रसको भूमिका बारे बुझिएको धेरै दशक भएको छैन । इन्जाइम मानव शरीरको लागि अति आवश्यक तत्व हो । हाम्रो शरीरमा इन्जाइमले पाचन कार्यमा सहयोग गर्दछ । यसले भोजनलाई पाचन गरेर शक्तिमा परिणत गर्न सहयोग गर्दछ । शरीरमा हुने रासायनिक प्रकृयाको लागि इन्जाइम स्वयं परिवर्तन नभई यसले त्यस कार्यमा उत्प्रेरणा या सहयोग गरिरहेको हुन्छ ।

हाम्रो शरीरलाई इन्जाइमको अत्यन्त आवश्यकता हुन्छ । तर कति जनाले भोजन पचाउनका लागि बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरको लागि काम लाग्दैन । बोतलमा इन्जाइमहरु प्राकृतिक इन्जाइमको तुलनामा ज्यादै कम हुन्छ । तर हामीले प्रयोग गर्ने टुसादार गेडागुडीमा चाहि“ इन्जाइम पर्याप्त रहन्छ ।
- See more at: http://swasthyakhabar.com/2015/02/22450.html#sthash.6PEhu2qk.dpuf



कुन तरकारीमा कुन औषधिय गुण ?

प्रकाशित मिति:२०७१ माघ १५ गते १९:०९
 2294  103 Google +2
-स्वास्थ्य खबरपत्रिका
vegetablesहरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ ।  तरकारीमा कोलेरेस्टोल भने हुदैन । तरकारीमा फाइबरको अधिक हुन्छ ।

भिन्डी

भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचन शक्ति मजबुत बनाउछ । कब्जियतबाट बचाउछ । रोग प्रतिरोध क्षमता बढाउछ ।  रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ । गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

गोलभेंडा


नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ । दिनहुँ गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै आँखा रोगको समस्या पनि हुँदैन ।

बन्दा

बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन् । जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा  अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ,  जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

गाँजर

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ । यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।
गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन । गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ । गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।

करेला

स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् । यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको  समस्या पनि हट्छ । यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ । करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।

आलु

आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ ।  शरिर कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ । चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ ।

काउली


काउली क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ ।

अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’ काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र  खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

फर्सी

फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा नराम्रो कोलस्टेरोलको मात्रा पनि  कम गर्छ । यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउछ । पँहेलो फर्सीमा पाइने क्यारोटिन, एन्टिअक्सिडेन्टले शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ । यसले मुटु रोगीलाई पनि निकै फाइदा गर्छ ।

ब्रोकाउली

ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ । ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ। ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। यसमा अधिक मात्रामा आइरन पनि पान्इन्छ । ब्रोकाउलीले स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

लौका

लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक मानिन्छ । लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकाको बोक्राको लेप लगाउदा रगत बग्न बन्द हुन्छ । गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ । लौका शक्तिवर्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जन्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।
- See more at: http://swasthyakhabar.com/2015/01/21236.html#sthash.RlNjOFlt.dpuf

जीवनशक्ति भिटामिन

प्रकाशित मिति:२०७१ माघ १५ गते ९:५१
 189  59 Google +0
-स्वास्थ्य खबरपत्रिका
vitaminbशरीरलार्ई जीवनशक्ति दिन भिटामिन बी कम्लेक्स अति आवश्यक हुन्छ । भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् ।  अनुसन्धानकर्ताहरुले भिटामिन बीका थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बी कम्प्लेक्स भनिन्छ । यी सबै एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् ।
भिटामिन बीको कमी भएमा स्मरणशक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुनसक्छ । स्वस्थ रहन तथा शरीलाई सुचारु गर्न भिटामिन र सूक्ष्मपोषणको जरुरी हुन्छ । भिटामिन बी कम्प्लेक्सले शरीरमा मेटाबोलिज्म बढाउँछ । मेटाबोलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्तकोष निर्माण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ ।
भिटामिन बी कम्प्लेक्सको स्रोत

मासु तथा दुग्धजन्य पदार्थ

जमिनभित्र फल्ने फल –आलु, गाँजर, मुला, सलगम, तरुल आदि
गोलभेंडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, पालिस नगरिएको चामल, सुपारी, अंगुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दाकोभी, माछा, अण्डाको सेतो भाग आदि ।

भिटामिन बीका बहुरुप

vitamin
भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो । भिटामिन बीको पहिलो सदस्य ‘थाइमिन’ हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ । बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौँ, भटमास, केराउ, बदाम आदिमा पाइन्छ ।
भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आँखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । बी २ यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ ।
भिटामिन बी ६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाका लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ ।
भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो । यो छाला, हड्डी, कोशिका तथा मांसपेशीका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदिमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । यसलाई स्थायी भिटामिन भनिन्छ । मासुलाई ४५ मिनेट उमाल्दा पनि करिब ७० प्रतिशत भिटामिन सुरक्षित रुपमा बच्छ । गाईको दूधलाई २ देखि ५ मिनेटसम्म उमाल्दा पनि २५ देखि ३० प्रतिशतमात्र नष्ट हुन्छ । यसले ऊर्जा र क्षमता बढाउँछ भने मस्तिष्कलाई स्वस्थ राखी एकाग्रता बढाउँछ । यस्तै, भिटामिन बी १२ ले तनाव र अनिद्रा हटाउनुका साथै रोगप्रतिरोधी क्षमतालाई पनि बढाउँछ । कोशिकाको विकास र मर्मतका लागि पनि यो जरुरी छ ।
- See more at: http://swasthyakhabar.com/2015/01/21168.html#sthash.ZlViBvOH.dpuf


आयुर्वेद विद्याका अनुसार प्याज निकै गुणकारी बस्तु हो । प्याजले खानालाई स्वादिष्ठ बनाउने काम त गर्छनै यो एक औषधि समेत हो । कयौं विरामीलाई यसले औषधिको काम गर्दछ । प्याज हाम्रो शरिरको लागि वरदान हो । प्याजले हाम्रो शरिरको रोग प्रतिरोधी क्षमतालाई अधिक मात्रामा बढाउने गर्छ । यो खाना अरुची जस्ता सबै समस्याहरुको लागि निकै फाइदा जनक मानिन्छ ।





प्रतिरोधात्मक क्षमता : प्याजले शरिरको प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । विरामीलाई फाइदा जनक मानिन्छ । यो हरेक प्रकारको तरकारीमा प्रयोग गर्न सकिन्छ । प्याजमा भिटामिन सी हुनेगर्छ ।
क्यान्सरको रोक्थाम गर्छ : प्याजले क्यान्सर जस्तो गम्भिर रोगको रोकथाम गर्न सहयोग गर्छ । यो रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुने गर्छ । प्याजमा भएको भिटामिन सि क्यान्सर रोकथामको लागि सहयोगी हुने गर्छ ।
यौन क्षमता : प्याजले यौन क्षमता बढाउन विशेष भूमिका निर्वाह गर्छ । यसले शरिरमा इन्सुलिनको मात्रालाई बढाउँछ । साथै रगतमा सुगरको मात्रालाई पनि नियन्त्रण गर्छ ।
पाचन क्षमता बढाउँछ : प्याज शरीरको पाचन क्षमता बढाउन निकै उपयोगि मानिन्छ । प्याज खाएपछि खाना पचाउन निकै सहयोग पुग्छ । किनकी प्याजको सेवनले पाचक रसको शरिरमा अधिक मात्रामा प्रवाह हुनेगर्छ । जो खान पचाउन निकै सहयोगी हुनेगर्छ ।
छालाको लागि उपयोगि : प्याजमा रोग प्रतिरोधी क्षमता बढी हुनेभएकाले भिटामिन ए, सी अथवा, इको मिसावट हुनेभएकाले तपाईंको छालालाई चमकदार बनाउन मद्दत गर्छ । प्याजको निरन्तर सेवन गर्नुभयोभने तपाईंको छाला निरन्तर चम्कने गर्छ ।
लामो आयुको लागि : प्याजको रस कुनै जडीबुटी भन्दा कम छैन । यसले कयौं प्रकारको विरामी ठिक पार्ने गर्छ । त्यसैले यो भनिन्छकी प्याजले तपाईंको आयु बढाउन मद्दत गर्छ ।
- See more at: http://www.sajhapost.com/2015/11/06/23212.html#sthash.7nGMhBKn.dpuf